अक्सिजनको मात्रा कम भएपछि मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना
२०७८ वैशाख २२ गते

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको छ । उनको शरीरमा अक्सिजनको मात्रा कम भएसँगै उनलाई मेडिसिटी अस्पताल लागिएको हो ।
वैशाख १० गते पहिलो पटक अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार देखिएसँगै आठ दिनपश्चात् आइतबारमात्रै घर लागिएको थियो । ६ गते संक्रमणमा परेका उनको छातीमा समेत सामान्य इन्फेक्सन देखिएको छ ।
उनको अवस्था सामान्य नभएसम्म अस्पतालमै राखेर उपचार गरिने पारिवारिक स्रोतले बताएको छ । उनीसँगै उनका परिवारका सम्पूर्ण सदस्यमा कोरोना संक्रमण देखिएको थियो ।
२०७८ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








