अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि त्रिभुवन विमानस्थलमा यात्रुको चाप

काठमाडौं । कोरोना संक्रमणका कारण बिहीबारबाट अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको छ ।

नेपालबाट हुने अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि बिभिन्न देशमा जाने यात्रुहरुको अन्तरराष्ट्रिय विमानस्थलमा भीड लागेको हो ।

यसअघि सरकारले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । विमानस्थलमा पुगेका यात्रुहरुले निर्धारित मितिभन्दा पहिले नै नेपाल छाड्न लागेको बताएका छन् । उनीहरुले निषेधाज्ञाका कारण विमानस्थलसम्म आउन पनि समस्या भएको बताएका छन् ।

१६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक हप्ता थप गरिएको छ ।

प्रतिक्रिया