मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि, कन्ट्याक्ट ट्रेसिङ्गमा तानिए नेताहरु

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको आशंकामा मंगलबार परीक्षण गराएका मुख्यमन्त्री गुरुङमा संक्रमण पुष्टि भएको हो । यसअघि उनको एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो ।

मुख्यमन्त्री गुरुङलाई संक्रमण पुष्टि भएलगत्तै प्रदेशका सभामुख र संसदीय दलका नेताहरुलगायत अन्य नेताहरु कन्ट्याक्ट् ट्रेसिङ्गमा तानिएका छन् । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको संसदीय दलको बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी थिए ।

यसअघि मुख्यमन्त्री गुरूङले गत शुक्रबार काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेका थिए । काठमाडौंमा भेटघाट गरेर उनी शनिबार पोखरा फर्किएका थिए ।

संक्रमित मुख्यमन्त्री गुरुङ होम आइसोलेसन बसेका छन् ।

प्रतिक्रिया