नेप्से ५ अकंले घट्यो, ६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधवार सेयर बजार ५.९ अंकले घटेको छ । मगंलबार सेयर बजार १.९४ अकंले घटेको थियो ।

बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.१९ प्रतिशतले घटेर ४७३.८१ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक १.६३ अकंले घटेर २६४९.५९ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये व्यापार, निर्जीवन बीमा, लघुवित्त, जलविद्युत् का सुचक बढेका छन् भने अन्य, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट बढेका छन् भने , वित्त समूह , विकास बैंकको बैंकिङ, जीवन बीमा, भने होटेल्स तथा पर्यटन समूहको सबै परिसूचक घटेका छन् ।

यस दिन २ सय १८ कम्पनीका १ करोड ४८ लाख ६७ हजार कित्ता सेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रिद्धि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिद्धि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया