सुनचाँदीको मूल्य घट्यो
२०७८ वैशाख २२ गते

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मगंलबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार तेजावी सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मुल्यमा मगंलबारको तुलनामा बुधबार चाँदी ५ रुपैयाले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
२०७८ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








