देवरसँग मिलेर पतिको हत्या गर्ने सुशीलासहित चारजना पक्राउ

  • राम एकवाल महरा

जनकपुरधाम । धनुषामा पतिको हत्या गरि फरार भएकी एक महिलासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । देवरसँग मिलेर आफ्नै पतिको हत्या गरेर भागेकी पत्नीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पत्नी र दुई भाई मिलेर जिल्लाको हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार मध्यराति चाकु प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका २३ वर्षीया पत्नी सुशिला देवी मण्डल, २३ वर्षीया भाई अनिल मण्डल, सिरहा अर्नामा गाउँपालिका-३ का तेजनारायण महरा तथा सोही ठाउँका बिनोद महतोलाई पक्राउ गरेको छ ।

घरायसी विवादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । पतिको हत्या गरेर फरार भएकी मण्डलकी पत्नी सुशीला, भाई अनिल र महतोलाई उदयपुरबाट तथा महरालाई सिरहाबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । महरा र महतोले देवर र भाउजुलाई घरबाट भगाउन सहयोग गरेकाले उनीहरुलाई समेत पक्राउ गरिएको उनले बताए ।

गत शुक्रबार मध्यराति करिब २ः३० बजेको समयमा घरायसी विवादका कारण मण्डललाई उनका भाइ र पत्नीले घाँटी सहित शरीरको विभिन्न भागमा चाकु प्रहार गरी हत्या गरेर भागेका थिए ।

प्रतिक्रिया