रोकियो फराहको चलचित्र ‘तुफान’ प्रदर्शन

एजेन्सी । फराह अख्तरको चलचित्र ‘तुफान’ यही महिना डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने तयारी रहेको थियो । तर निर्माण टिमले अन्तमा आएर रोकेको छ ।

कोरोनालाई कारण देखाउँदै हाल रिलिज नगर्ने टिम बताउँछ । सबै स्थिति सामान्य नभएसम्म अब चलचित्र दर्शकले हेर्न पाउँदैनन् । अब प्रदर्शन मिति समय अनुकूल भएपछि जानकारी दिने टिमले बताएको छ । टिम तुफानले करोना भ्याक्सिनका लागि नाम दर्ता गर्न तथा घरमै सुरक्षित रहन आग्रह गरेको छ ।

पहिला ‘मे’को सुरुमा ट्रेलर रिलिज गर्ने योजना थियो । यस पछि कलाकारको अन्तर्वार्ता गर्ने योजनासमेत पछि सरेको छ । भारतमा कोरोनाका कारण सिर्जित स्थितिलाई ध्यानमा राख्दै निर्माताले रिस्क लिन नचाहेको देखिन्छ ।

प्रतिक्रिया