करण मेटाउन चाहन्छन् नेपोटिजमको आरोप

एजेन्सी । कार्तिक आर्यन चलचित्र ‘दोस्ताना २’ बाट बाहिरिए सँगै करण जौहरलाई तनाव भएको छ । उनलाई नेपोटिजमको आरोप लागिरहने भएकोले उनले अब कलाकार छान्नका लागि विशेष योजना नै बनाएका छन् । करणले आफ्नो क्रिएटिभ टिमसँग पटक पटक छलफल गरिरहेका छन् । यही क्यारेक्टरका लागि अक्षय कुमार, राजकुमार राव, वरुण धावन, सिद्धार्थ मलहोत्रा तथा सिद्धान्त चतुर्वेदीको नाम चर्चामा रहेको छ ।

करणको चाहना यस चलचित्रमा अक्षय कुमारलाई नै लिने छ । यसको कारण उनी चर्चित अभिनेता हुन् । त्यो सँगै अक्षयलाई लिँदा नेपोटिजमको आरोप समेत लाग्दैन । यदि अक्षयसँग कुरा मिलेन भने उनी अन्य चार मध्ये एकलाई लिने योजनामा छन् ।

प्रतिक्रिया