झिनो अकंले बढ्यो नेप्से, ६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार १.९४ अंकले बढेको छ । सोमबार सेयर बजार १२.३५ अकंले घटेको थियो ।

मंगलबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेर ४७५.४४ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ०.३२ अकंले बढेर २६५४.६९ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये अन्य, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त म्युचुअल फण्ड, इन्भेष्टमेन्ट बढेका छन् भने व्यापार, वित्त समूह , विकास बैंकको बैंकिङ, निर्जीवन बीमा, जीवन बीमा, भने होटेल्स तथा पर्यटन समूहको सबै परिसूचक घटेका छन् ।

यस दिन २ सय १३ कम्पनीका १ करोड ३० लाख १५ हजार कित्ता सेयर ६ अर्ब ५ कराेड २२ लाख ३६ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

 

 

 

प्रतिक्रिया