कर तिर्ने म्याद थप्न चेम्बरको माग

काठमाडौं । कर विवरण पेश गर्ने तथा कर दाखिला गर्ने म्याद थप गर्न नेपाल चेम्बर अफ कर्मर्शले नेपाल सरकार समक्ष  माग गरेको छ ।

नयाँ भेरियन्टको कोभिड १९को संक्रमण तिब्र रुपमा फैलिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ ।

जसका कारण उद्योग, व्यवसाय तथा कार्यलयहरु बन्द रहेको अवस्थामा व्यवसायी तथा कर्मचारीहरु कार्यलयमा जान सक्ने अवस्था नरहेकाले कर विवरण म्याद थप गर्न आग्रह गरेको जनाएको छ ।

आबश्यक कागजातहरु पनि कार्यलयमै रहने भएकाले यस अवस्थामा कर विवरण र कर रकम दाखिलम गर्न अनलाइन पनि सम्भव नभएकाले म्याद थप गर्नका लागि सरकार समक्ष अनुरोध गरेको जनाएको छ ।

 

 

 

प्रतिक्रिया