महिला लघुवित्तकाे सेयरमा लगातार ३३ दिन सकारात्मक सर्किट

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य लगातार बढिरहेको छ । लगातार ३३ कारोबार यो कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ । चन्द्रागिरि हिल्सपछि लगातार ३३ दिनदेखि सकारात्मक सर्किट ब्रेक लाग्ने यो दोस्रो कम्पनी हो ।

साताको तेस्रो कारोबार दिन मंगलबार पनि यो कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागिसकेको छ । कम्पनीको सेयर मूल्य मंगलबार ४ हजार १ सय ३८ रुपैयाँ पुगेको छ । ३ चैतमा यो कम्पनीको सेयर ४३८ रुपैयाँबाट कारोबार सुरु भएको थियो ।

प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको थियो । एक हजार रुपैयाँ खर्च गरेर १० कित्ता सेयर किन्नेले अहिले यो कम्पनीबाट ४१ हजार रुपैयाँ कमाउने अवस्था बनेको छ ।

प्रतिक्रिया