नेपाल लाइफ २१ औं वर्षमा : ३३ प्रतिशत बजार हिस्सा लिन सफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । स्थापनादेखि हालसम्म कम्पनीले नेपालकाे कुल बिमित मध्ये एकतिहाइलार्इ सेवा दिएकाे जनाएकाे छ ।याे कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको कम्पनीकाे दाबी छ ।

कम्पनीकाे सर्वाधिक लगानी १ खर्ब ११ अर्ब ४७ कराेड रपैयाँ रहेकाे जनाएकाे छ । सर्वाधिक जीवन बीमाकोष १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ रहेकाे र सर्वाधिक शेयरधनी कोष ८ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी छ ।

कम्पनीको सर्वाधिक चुक्ता पूँजी रु. ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पूँजिकरण रहेको छ । यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ कराेड रहेकाे  छ । सर्वाधिक पूर्ण अवधि भुक्तानी ९ अर्ब ७७ कराेड छ । सर्वाधिक मृत्युदावी ३ अर्ब ७३ कराेडभन्दा बढी छ ।

कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी सर्वाधिक प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका २ सय शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको बताएको छ ।

कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् ।

कम्पनी २०५८ वैशाख २१ गते स्थापना भई भएकाे हाे । देशका दुरदराजसम्म बीमाको पुहँच पुर्याएर जाेखिमकाे आर्थिक भार कम गर्दै देशको सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।

ग्राहकहको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हामीलाई यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, सञ्चालक समिति, शेयरधनी लगायत सबैमा धन्यवाद व्यक्त गरको छन् ।

प्रतिक्रिया