बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

मगंलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भने सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मगंलबार तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मुल्यमासोमबारको तुलनामा चाँदी मगंलबार २५ रुपैयाले बढेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया