इरफानकी श्रीमती भन्छिन् : इमानदार हुनु भन्दा छोटा राजन हुनु बेस

एजेन्सी । अभिनेता इरफान खान की श्रीमती सुतापा सिकदरले कोभिड १९को कारण निधन भएका आफन्त समीर बनर्जीको निधनमा दुख व्यक्त गरेकी छन् ।  समीरका लागि दिल्लीको अस्पतालमा अक्सिजन सहितको शय्या मिल्न सकेन । उनले यदि समीर इमानदार व्यक्ति नभएर छोटा राजन (ग्याङ स्टार) भएको भए सहजै बेड प्राप्त हुने थियो भनेकी छन् ।

सुतापाले सामाजिक सञ्जालमा लेखेकी छन्,’मैले एक दिन पहिले मेरा आफन्त समीर बनर्जीका लागि सहयोग मागेकी थिए । आज उनको निधन भएको छ । हामी दिल्लीको भरमा आइसियु सेट अप गर्न सक्दैन थियौ । साथै हाम्रा लागि अस्पतालमा शय्या मिल्न सकेन । सबै सहयोगी कोरोना वारियर प्रति म आभार व्यक्त गर्छु । म समीरको मुस्कान कहिल्यै पनि भुल्न सक्दिन । मैले समीर छोटा राजन नभएर इमानदार नागरिक भएको कारण उनको लागि बेड पाउन सकिन ।‘

सुतापा अगाडी लेख्छिन्,’म दिल्लीमा भएको यो घटना भुल्ने छैन ।  वनर्जी, सेख, दास, अदाजानिया सबैलाई एक दिन जानु नै छ । यदि हिन्दु र मुस्लिमका चाडहरू मनाउन भन्दा अक्सिजन प्लान्टमा ध्यान दिएको भए उनीहरू केही दिन बढी बाच्थे की ?’
सुतापा र उनका छोरा बाबिल पछिल्लो समय कोभिडसँग जुधिरहेका व्यक्तिहरूलाई निरन्तर मदत गर्दै आएका छन् ।

प्रतिक्रिया