मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

स्वास्थ्यका ‘फ्रन्टलाइनर’लाई ५० प्रतिशत जोखिम भत्ता दिइने

काठमाडौं । स्वास्थ्य क्षेत्रमा अग्रं पंक्तिमा रहेर काम गर्नेलाई सरकारले उनीहरुको सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबरको जोखिम भत्ता उपलब्ध गराउने भएको छ । देशबासीका नाममा सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गरेका हुन् ।

‘कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिइने छ,’ उनले भने, ‘उनीहरुका परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।’

जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिने समेत उनले बताए । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिने बताए ।

 

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com