सेयर १२ अकंले घट्यो, ७ अर्बमाथिको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार १२.३५ अंकले घटेको छ । आइतबार भने सेयरबजार ५४ अकंले बढेको थियो ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.४६ प्रतिशतले घटेरर ४७५.१२ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक २.६९ अकंले घटेर २६५२.७४ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये जीवन बिमा इन्भेष्टमेन्ट मात्र बढेका छन् भने म्युचुअल फण्ड व्यापार, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत् र वित्त समूह , विकास बैंकको बैंकिङ, निर्जीवन बीमा, लघुवित्त, भने होटेल्स तथा पर्यटन समूहको सबै परिसूचक घटेका छन् ।

यस दिन २ सय १६ कम्पनीका १ करोड ५९ लाख ८ हजार कित्ता शेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा बिशाल बजार कम्पनी लिमिटेड रहेको छ ।

नेशनल माइक्रोफाइनान्स बित्तिय संस्था र बिशाल बजार कम्पनी लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया