गायिका बरालको “खानदानी छोरी” सार्वजनिक

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को याप रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ । गीतका शब्द लेखक टुरिष्टजङ्ग विक हुन् ।

गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । प्रिज्म रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा जुम्ल्याहा इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय छ ।

म्युजिक भिडियोमा यापर भट्टको अभिनय पनि छ । इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो । भिडियोलाई सान थापाले निर्देशन गरेका छन् ।

पत्रकार समेत रहेकी गायिका बरालको यसअघि सार्वजनिक भएको नरिसाउन होइ गीत चर्चामा छ ।

प्रतिक्रिया