कलाकारलगायतको समूहद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

काठमाडौं । कोरोना सङ्क्रमण बढेसँगै देशभर अस्पतालका शय्याहरु भरिँदै गएका छन् । बिरामीका लागि एम्बुलेन्स पाउन धौ-धौ हुन थालेको छ । उपत्यका बाहिरबाट कोरोनाको उपचारका लागि काठमाडौं आउनु परेको अवस्थामा अझ धेरै समस्या छन् ।

यही विषयमा केन्द्रित रहेर कलाकार र विभिन्न क्षेत्रका व्यक्तिहरूले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । कलाकार निखिल उप्रेती, केदार प्रसाद घिमिरे (माग्ने बुढा), विजय लामालगायतका व्यक्तिले निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् गरेका हुन् ।

उनीहरुले निजी सवारी नहुने र एम्बुलेन्सको खर्च तिर्न नसक्नेले मात्र सम्पर्क गर्न आग्रह गरेका छन् । निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्दै निखिलले भने, ‘अप्ठ्यारो अवस्थामा सहयोग पुर्‍याउनु मानवताको पहिलो कर्तव्य हो । त्यसैले सङ्कटको समयमा सेवा पुर्‍याउने भावना सबैले राख्नुपर्छ ।’

त्यस्तै, कलाकार केदार घिमिरेले १५/१५ हजार उठाएर कोरोना सङ्क्रमितका लागि सुरु भएको अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवाले आर्थिक अवस्था कमजोर हुनेलाई ठूलो राहत मिल्ने बताए । उनले सङ्कटको घडीमा अनावश्यक रूपमा अक्सिजन ग्यासको जोह नगर्न र शरीरलाई पर्याप्त मात्रामा अक्सिजन चाहिने हुँदा भिडभाडमा मात्र मास्क लगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया