सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

भने आइतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मुल्यमा आइतबारको तुलनामा चाँदी सोमबार ५ रुपैयाले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया