आन्तरिक र भारतसँगको उडान बन्द गर्ने निर्णय
२०७८ वैशाख १९ गते

काठमाडौं । सरकारले आन्तरिक र भारतसँगको हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार रातिदेखि आन्तरिक र भारतसँगका सबै उडान बन्द गर्ने आइतबार साँझको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
सरकारले निजी क्षेत्रको भनाइ अनुसार सबै क्षेत्रमा लकडाउन नगर्ने नीति लिएको भए पनि पछिल्लो समय नियन्त्रणबाहिर गएको संक्रमणका कारण थप कडाई गर्न थालेको हो ।
यसअघि आन्तरिक उडान सञ्चालन गरिरहेका वायु सेवा सञ्चालकहरुले समेत उडान सुरक्षित भएको दाबी गर्न बन्द नगर्ने बताउँदै आएका थिए । संक्रमण दर उच्च भएपछि सरकारले अब सबै क्षेत्रमा निषेधाज्ञा लागु गर्ने दिशातर्फ अघि बढेको छ ।
२०७८ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








