युनाइटेडमा उपासना: बीमा क्षेत्रकै पहिलो महिला सीईओ

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनीको सञ्चालक समितिले उनलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

नियुक्तीसँगै उनी बीमा क्षेत्रकै पहिलो महिला सीईओ बन्न सफल भएकी छन् । उनी बीमा क्षेत्रका सबैभन्दा कान्छी सीईओ पनि हुन् । ३४ वर्षकै उमेरमा उनी सीईओ बन्न सफल भएकी छन् ।

युनाइटेडमा आउनुअघि उनले सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धक पदमा रहेर डेढ बर्ष काम गरेकी थिइइन् ।

युनाइटेड इन्स्योरेन्समा पनि डेढ वर्ष काम गरेपछि उनी सीईओ बन्न सफल भएकी हुन् । भारतको दिल्ली युनिभर्सिटीबाट एमबीए उत्तीर्ण पौडेलले भारतको आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक काम गरेको अनुगव संगालेकी छन् ।

सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरेर स्वीकृतिका लागि बीमा समिति पठाएकोमा समितिले समेत स्वीकृति प्रदान गरिसकेको छ । उनले पदीय जिम्मेवारी सम्हालिसकेकी छन् ।

 

प्रतिक्रिया