लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल । लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् ।

मन्त्रिपरिषद्को बैठक बसेर प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीले भने– ‘प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको छ ।’

अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो । तर, बैठक नबसी नै अधिवेशन अन्त्यको सिफारिस गरिएको हो ।

प्रतिक्रिया