मेरो दुर्घटना भएको छैन : प्रमोद खरेल

काठमाडौँ । हिजो साँझ एउटा समाचार भाइरल भयो– ‘गायक प्रमोद खरेलको दुर्घटना भयो’ । खबर यतिसम्म भाइरल भयो कि– प्रमोद आफैँले आएर खबर झुटो भएको स्पष्टीकरण दिनपर्‍यो

उनले यस्तो गलत खबर सार्वजनिक नगर्न अनुरोध गरेका छन् । साथै यस्तो संवेदनशील विषयले व्यक्तिगत रूपमा उनलाई समेत असर परेको छ । उनले आफू स्वस्थ रहेको बताएका छन् । त्यस्तै काठमाडौँ घरमा नै सुरक्षित रहेको बताएका छन् ।

भिडियोमा उनले भ्वाइस अफ नेपाल हेर्न आग्रह गरेका छन् । साथै आउँदै गरेको गीतलाई माया गर्न उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया