रिक्सा ड्राइभरको कथामा बनेको ‘सिनेमा बन्दी’ को ट्रेलर सार्वजनिक

एजेन्सी । फिल्म मेकर जोडी राज एन्ड डिकेको नयाँ चलचित्र ‘सिनेमा बन्दी’ को ट्रेलर सार्वजनिक भएको छ । डी टु आर फिल्म्सको ब्यानरको यो चलचित्र अटो रिक्सा ड्राइभरको कहानीबाट सुरु हुन्छ ।

ड्राइभरले आफ्नो रिक्साको पछाडिको सिटमा महँगो क्यामेरा फेला पार्छन् । उसको साथीले यस्तो क्यामेरा महेश बाबु, प्रभासजस्ता स्टारले चलचित्र बनाउन प्रयोग गर्ने बताउँछ ।

त्यस पछि दुई जना मिलेर सोही क्यामेराबाट चलचित्र बनाउँछन् । चलचित्र हिट हुन्छ । चलचित्रबाट प्राप्त रकम उनीहरू गाउँको बिजुली र पानीमा खर्च गर्छन् ।

तेलुगु भाषामा बनेको यो कमेडी चलचित्र १४मेमा नेटफ्लिक्स मार्फत सार्वजनिक हुँदैछ । चलचित्र प्रवीण कन्द्रेगुलाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया