‘राधे’ को आइटम गीतमा सलमान र ज्याकलिन  

एजेन्सी । सलमान खान स्टारर चलचित्र ‘राधे : युअर मस्ट वान्टेड भाइ’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

‘दिल दे दिया’ बोलको गीतमा सलमानसँगै ज्याकलिन फर्नानडीस फिचर्ड छिन् । हिमेश रेशमियाको संगीत रहेको गीतमा शब्बीर अहमदको शब्द रहेको छ । गीतमा पायल देव र कमाल खानले आवाज दिएका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार पूरा चलचित्रमा चार गीत रहेको छन् । त्यसमध्ये दुई गीतमा सलमानकी साथी इयुलिया बन्तुरको स्वर छ ।

सिटी मार यसअघि नै सार्वजनिक भएको छ भने एक गीत ‘जुम जुम’ मा उनले स्वर भरेकी छन् । उक्त गीतमा संगीत भने साजिद वाजिदले भरेका छन् ।

प्रतिक्रिया