एकैदिन ३३ कोरोना संक्रमितको मृत्यु
२०७८ वैशाख १७ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ ।
त्यस्तै शुक्रबार देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।
शुक्रबार देशभर ९२८ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् ।
देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०७८ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित









