भारतीय टीभी पत्रकार सरदानाको निधन

नयाँ दिल्ली । भारतका लोकप्रिय टिभी पत्रकार तथा एङ्कर रोहित सरदानाको निधन भएको छ । ४० वर्षीय सरदानाको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमै उपचाररत सरदानाको हृदयघातका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनले अप्रिल २४ मा ट्वीट गर्दै सिटी स्क्यानका क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका थिए ।
आजतकमा कार्यरत सरदानाले गुरु जम्भेश्वर विश्वविद्यालयमा पत्रकारितबाट मास्टर डिग्री गरेका थिए ।

प्रतिक्रिया