शुभ जन्मदिन पूजा !

काठमाडौँ । निर्माता तथा अभिनेत्री पूजा शर्मा एक्लै चलचित्र चलाउने क्षमता राख्ने कलाकार भनेर चिनिन्छिन् । करिअरको सुरुवाती दिनमा पटक पटक असफलता भोगेकी उनले अहिले भने कलाकारिताकै कमाइले दुईवटा घर बनाएकी छन् ।

पुरुषभन्दा पनि आफ्नो महिला फ्यान धेरै भएको बताउने उनी धेरै फ्यानले घेरिएकी नायिकाको रूपमा समेत चिनिन्छिन् ।

आमासँग नजिक उनले बाबु तथा अन्य परिवारका सदस्यलाई भने आफ्नो मान्दिनन् । उनी बोलीका कारण कन्ट्रोभर्सीमा समेत परिरहेकी हुन्छिन् । उनीसँग एकसाथ काम गरेका नायकहरूसँग समेत उनको नाम जोडिने गरेको छ ।

यसको जवाफमा उनी अविवाहित हुँदासम्म यस्तो चर्चा सामान्य भएको बताउँछिन् ।

उनका पाइपलाइनमा रहेका चलचित्र छिट्टै नै प्रदर्शन हुने वातावरण बन्न सकोस् । आज जन्मदिनमा उनलाई शुभकामना ।

प्रतिक्रिया