३६ प्रतिशत बढीमा संक्रमण‚ दैनिक मृत्यु सर्वाधिक

काठमाडौं । बिहीबार नेपालमा थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५९७ पिसिआर परीक्षणका क्रममा ४८३१ र ९६३ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

दिन प्रतिदिन कोरोना संक्रमणले भयावह रुप लिँदै गर्दा सरकारले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिसकेको छ ।

त्यस्तै बिहीबार एकैदिन ३५ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण फैलिएयता दैनिक मृत्यु यो नै सबैभन्दा बढी हो ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख १७ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८८८ संक्रमित कोरोनामुक्त भएका छन्, नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना कोरोनामुक्त भएका छन् ।

१२ दिनयताको कोभिड परीक्षण र संक्रमणदरको तथ्यांक :

प्रतिक्रिया