चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
२०७८ वैशाख १६ गते

काठमाडौं । यातायात व्यवस्था विभागले बिहीबारबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।
विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको हो ।
विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्कालका लागि सेवा स्थगन गरेको हो ।
विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म सेवा अवरुद्ध गरेको थियो ।
गत असारमा बन्दाबन्दी खुकुलो बनाएसँगै नवीकरण र छापिसकेका अनुमतिपत्र वितरण जारी राखे पनि नयाँ अनुमतिपत्र छपाइ रोकेको थियो । अहिले पनि विभागले झण्डै पाँच लाख अनुमतिपत्र छाप्न बाँकी छ ।
२०७८ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








