पार्टीको निर्णयमा कटिबद्ध छु : खिमविक्रम शाही

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयमा कटिबद्ध रहेको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले यसबारे जानकारी दिएका हुन् । ‘पार्टी र संसदीय दलको बैठकमा गरिएको निर्णयप्रति म प्रतिबद्ध छु,’ विज्ञप्तिमा भनिएको छ– ‘मेरो बारेमा उठेका कैंयौ प्रश्नको बारे स्पष्ट पार्ने नै छु ।’

उनले आफू अस्वस्थ भएका कारण बुधबारको बैठकमा उपस्थित हुन नसकेकोले कुनै भ्रममा नपर्न पनि आग्रह गरेका छन् । बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यक्रम थियो । तर, सांसद शाही अनुपस्थित नभएपछि बैठक अनिश्चितका लागि स्थगित भएको छ ।

यता सांसद शाहीको दल राष्ट्रिय जनमोर्चाले भने शाहीलाई अपहरण गरिएको आरोप लगाएको छ । अध्यक्ष चित्रबहादुर केसीले भनेका छन्– ‘उहाँलाई बन्दीको रुपमा राखिएको पाइयो ।’

प्रतिक्रिया