नेप्से २५ अकंले बढ्दा कारोबार रकम भने सवा ४ अर्ब मात्र

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २५.८२ अंकले बढेको छ । बुधबार भने सेयरबजार १३ अकंले घटेको थियो ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १ प्रतिशतले बढेर ४६९.०२ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ३.३१ अकंले बढेर २६.११ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक म्युचुअल फण्ड व्यापार, जीवन बिमा, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत् र वित्त समूह , विकास बैंकको बैंकिङ, निर्जीवन बीमा, लघुवित्त,समूहको सबै परिसूचक बढेका छन् । भने होटल्स तथा पर्यटन,इन्भेष्टमेन्ट घटेका छन् ।

यस दिन २ सय १७ कम्पनीका ९८ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

सिंगटी हाइड्रोले बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा महिला लघुवित्त वित्तिय संस्था रहेको छ । सिंगटी हाइड्रो र महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया