स्मृतिमा इरफान : पहिलो चलचित्रमा ‘रोल काटिँदा’ रोएका थिए

एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधनको एक वर्ष पुगेको छ । उनको गतवर्ष अप्रिल २९ तारिकमा निधन भएको थियो ।

इरफानको डेब्यु चलचित्र ‘सलाम बम्बे’ हो । निर्देशक मीरा नायरले इरफानलाई कलेजको वर्कसपमा देखेकी थिइन् । उनले चलचित्रको वर्कसपका लागि मुम्बई आउन ‘अफर’ गरिन् । २० वर्षीय इरफान दङ्ग भएर मुम्बई हानिए । त्यहाँ उनी रघुवीर यादवसँग मीराले लिएको फ्ल्याटमा बस्न थाले ।

सडक बालबालिकाको कथामा चलचित्र बन्दै थियो । सडक बालक सलिमको भूमिकामा देखिनका लागि उनी वर्कसपमा सहभागी भए । तर, छायांकन सुरु हुन २ दिन बाकी रहँदा मीराले इरफानको रोल काटिदिइन् । एक लेखकको भूमिका त उनलाई दिइयो तर, चलचित्रमा त्यसको कुनै अर्थ थिएन । उनी धेरै दुखी भए । उनले एक अन्तर्वार्तामा रोल काटिएपछि रातभर रोएको बताएका थिए ।

उक्त चलचित्रको भूमिका काटिन साथ मीराले अर्को चलचित्रमा मुख्य भूमिका दिलाउने बाचा गरेकी थिइन् । मीराले उक्त बाचा १८ वर्ष पछि २००६ मा ‘द नेमसेक’ चलचित्र मार्फत पूरा गरिन् । यो काम पनि उनको लागि सहज थिएन । मीराले ६ महिनासम्म अमेरिकामा बसेर काम गर्दा जम्मा १० लाख रुपैयाँ इरफानलाई दिइन् ।

२००८ देखि २०१० सम्म इरफानले अमेरिकी टेलिभिजन सिरिज ‘इन ट्रीटमेन्ट’मा काम गरे । झुम्पा लाहिरीको कहानीमा आधारित सिरिजको सिनभन्दा पहिले उनी आँसु झार्थे । पानाका पाना ‘डाइलग’ याद गरेर बोल्नुपर्थ्यो । यस्तै कारण उनले नाटक गर्न छाडे । उनलाई लाइन याद गर्न धरै असहज लाग्थ्यो । उक्त समय अर्का कलाकार नसीरुद्धीन शाहले फोन गरेर लाइन याद गरेर डाइलग बोल भनेर सम्झाए ।

इरफानलाई बलिउड र हलिउड दुवैतिर बराबर सफलता मिलेको थियो । उनलाई एक पटक हलिउड जाने हुने सम्भावना कति छ ? भनेर प्रश्न गरिएको थियो । उनले आफ्नो आधार नै बलिउड भएकोले कहिल्यै पनि नछोड्ने बताएका थिए । मनको कुरा सुनेर बेस बनाउन नसक्ने भएकै कारण उनले हलिउड नजाने र बलिउडमै रहने चाहना व्यक्त गरेका थिए ।

प्रतिक्रिया