निषेधाज्ञा अवधिभर पेट्रोल पम्प खुला रहने

काठमाडौँ । निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकाका पेट्रोल पम्प खुला रहने भएका छन् । नेपाल आयल निगमले बुधबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुला रहने जनाएको हो ।

निगमकाअनुसार उपत्यकाका पेट्रोल पम्पहरू पनि खुला रहनेछन् । पेट्रोलियम प्रदार्थको सहज र सरल ढंगबाट आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउन निगमले थानकोट डिपो खुल्ला गर्ने जनाएको हो ।

कोरोना सङ्क्रमणबाट बच्न सरकारले बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

-हेर्नुस् के-के चल्न पाउँछन् ? के पाउँदैन ? यो पनि : १५ जिल्लामा निषेधाज्ञा, के गर्न पाइँदैन ? उल्लंघन गरे कारबाही
प्रतिक्रिया