प्रदेश सभाको कारबाही रोक्न जनमोर्चा गण्डकीको माग

कठमाडौं । गण्डकी प्रदेश सभाकी जनमोर्चा सांसद पियारी थापाले जारी सदनको कारबाही रोक्न माग गरेकी छन् । बुधवार (आज) संसद्को अधिवेशनअन्तर्गतको तेस्रो बैठक चलिरहेको छ ।

सांसद थापाले जनमोर्चाकै सांसद खिमविक्रम शाहीको अनुपस्थितिको कारण देखाउँदै सभाको कारबाही रोक्न माग गरेकी हुन् ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल भइसकेको छ । जसमा आजै मतदान हुने कार्यसूची छ । प्रदेश बैठकमा सांसद शाही अनुपस्थित छन् । उनलाई खोज्न हिँडेका कांग्रेस सांसदसमेत रित्तो हात फर्किएका छन् ।

यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पनि बैठकमा छैनन् । उनको फोन पनि अफ छ ।

प्रतिक्रिया