सेयर बजार १३ अकंले घट्यो, कारोबार रकम ४ अर्ब नजिक

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार १३.७९ अंकले घटेको छ । मगंलबार भने सेयरबजार ९२.४६ अकंले बढेको थियो ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.५३ प्रतिशतले घटेर ४६५.११ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक २.१६ अकंले घटेर २५८५.१७ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये अन्य, उत्पादन तथा प्रशोधन र व्यापार मात्र बढेका छन् भने जलविद्युत् र वित्त समूह, होटल्स तथा पर्यटन, विकास बैंकको बैंकिङ, इन्भेष्टमेन्ट, निर्जीवन बीमा, लघुवित्त,समूहको म्युचुअल फण्ड , जीवन बिमाका परिसूचक घटेको छ ।

यस दिन २ सय १५ कम्पनीका ८९ लाख ५३ हजार कित्ता शेयर ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

महिला लघुवित्त वित्तीय संस्था सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा बिशाल बजार कम्पनी लिमिटेड रहेको छ ।

महिला लघुवित्त वित्तीय संस्था र बिशाल बजार कम्पनी लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया