कीर्तिपुरमा नरेन्द्रको नयाँ हल बन्दै
२०७८ वैशाख १५ गते

काठमाडौँ । चलचित्र वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनले कीर्तिपुरमा नयाँ हल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । पहिलो चरणको लकडाउन सकिएसँगै हाल निर्माण कार्य भइरहेको हलको निर्माण सुरु भएको थियो ।
कीर्तिपुरमा पहिले रहेको हललाई नै पुनःनिर्माण गरी अत्यधुनिक तवरले सञ्चालनमा लाउने तयारी गरिएको हो ।
२८० सिट क्षमताको हल वैशाखबाट नै सञ्चालनमा ल्याउने तयारी भएता पनि कोरोनाको दोस्रो लहरका कारण केही समयपछि सरेको छ । दुई पर्दासहितको हल २ करोडभन्दा बढी लगानीमा बनेको निर्माता बताउँछन् ।
२०७८ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित








