मुक्तिनाथ विकास बैंकद्वारा दमौली खानेपानीलाई आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ ।

यस संस्थाले व्यास नगरपालिका विभिन्न वडा तथा नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको जनाएको छ ।

यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउने, पानी टंकी संरक्षण गर्ने, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदूषणबाट जोगाउनेजस्ता उद्देश्यले हाल व्यास –४ जुडिपानी स्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको बताएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको जनाएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले बताएको छ ।

प्रतिक्रिया