निर्माता रौनकसँग सुपुष्पाको इन्गेजमेन्ट

काठमाडौँ । नायिका सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छन् । उनको निर्माता रौनक विक्रम कँडेलसँग आज (बुधबार) इन्गेजमेन्ट भएको हो । पारिवारिक जमघटका बीच यी दुईको टिकाटालो भएको हो ।

‘रणवीर’ फिल्मबाट डेब्यु गरेकी नायिका सुपुष्पाको चलचित्र ‘छ माया छपक्कै’लाई दर्शकले मन पराएका थिए । उनी अभिनित चलचित्र ‘चपली हाइट ३’ तयारी अवस्थामा भए पनि कोरोनाको कारण प्रदर्शन हुन सकेको छैन ।

रौनकले पुरानो ढुङ्गा, मिस्टर झोलेलगायत चलचित्र निर्माण गरेका छन् ।

केही समय यता यी दुई प्रेममा रहेको चर्चा चल्ने गरेको थियो ।

प्रतिक्रिया