राजकुमार रावको पारिश्रमिक चर्चा

एजेन्सी । भारतीय कलाकार राजकुमार रावले ठूलो रकम लिएर चलचित्र साइन गरेको चर्चा छन् । नेटफ्लिक्सको चलचित्र ‘मोनिका : ओ माई डार्लिङ’का लागि रावले १५करोड रुपैयाँ पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

एकपछि अर्को सफल चलचित्र दिइरहेका रावलाई निर्माता श्रीराम राघवनले ठूलो रकम दिएर चलचित्रका लागि अनुबन्धित गरेका हुन् । यस विषयमा रावले भने आधिकारिक भनाई सार्वजनिक गरेका छैनन् ।

राजकुमारका ‘हम दो हमारे दो’ र ‘बधाई दो’ चलचित्र चर्चामा रहेका छन् ।

प्रतिक्रिया