एनआईसी एशियाको ‘क्विक पे’ सेवा सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका लागि ‘क्विक पे’ सेवाको सुरुवात गरेको छ । बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको हाे ।

सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी गर्न सक्नेछन् । ‘क्विक पे’ लिन चाहाने हरुले बैंकमा पुगी सम्झौता गरेपश्चात् बैंकले भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ ।

उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सकिने र्बैकले जनाएको छ । उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्गमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्ने जनाएको छ ।

बैंकको मुलुकभर ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा र २२ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

प्रतिक्रिया