सेयर बजारमा ९२ अंककाे वृद्धि, कारोबार भने ५ अर्ब मात्र

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार ९२.४६ अंकले बढेको छ । सोमबार भने सेयरबजार ६५.५८ अकंले घटेको थियो ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ३.६९ प्रतिशतले बढेर ४६७.२८ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक १४.४८ अकंले बढेर २५९८.९८ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक म्युचुअल फण्ड व्यापार, जीवन बिमा, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत् र वित्त समूह , होटल्स तथा पर्यटन, विकास बैंकको बैंकिङ, इन्भेष्टमेन्ट, निर्जीवन बीमा, लघुवित्त,समूहको सबै परिसूचक बढेका छन् ।

यस दिन २ सय १६ कम्पनीका १ करोड २० लाख २ हजार कित्ता शेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

माथिल्लो तामाकोशीले बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा बिशाल बजार कम्पनी लिमिटेड रहेको छ ।

माथिल्लो तामाकोशीको १० प्रतिशतले र बिशाल बजार कम्पनी लिमिटेको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया