भारतीय अभिनेता मिथुनलाई कोरोना

एजेन्सी । भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण भएको छ । होम क्वारेन्टिनमा रहेर उनी आफूलाई सुरक्षित गरिरहेका छन् । ७० वर्षीय उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

दुई दिन पहिला मिथुनलाई कोरोना प्रोटोकल तोड्नेको आरोप लागेको थियो । कांग्रेस नेता सौगात रायले बिजेपी नेता दिलिप घोष र मिथुनले नियम तोडेर ५०० भन्दा बढी व्यक्तिको उपस्थितिमा भेला गरेको आरोप लगाएका थिए ।

यस विषयमा रायले चुनाव आयोगमा निवेदन दिँदै कारबाहीको मागसमेत राखेका थिए ।  मिथुन दुई महिनाअघि मात्रै पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया