पहिलो दिनमै एनआईबीएल समृद्धि फण्ड-२ को ५४ प्रतिशत एकाई बिक्री

काठमाडौं । एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।

एकाई खरिदका लागि कुल एकाईको ५३.४४ प्रतिशत आवेदन आइसकेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिएकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड एकाई बिक्रीमा ल्याएको एनआईबिएलले जनाएको छ ।

फण्डले १५ प्रतिशत एकाई कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको एकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको बताइएको छ ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख एकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको क्यापिटलले जनाएको छ । एकाई खरीदका लागि आवेदन दिने दिन छिटोमा १६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया