भारतलाई सहयोग गर्न अमेरिकी अधिकारीसँग आग्रह गर्दै प्रियंका

एजेन्सी । भारतमा कोरोनाको सङ्क्रमणदर दिन प्रतिदिन बढिरहेको छ । दिनकै लाखौँको सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ । यस्तो अवस्थामा भारतीय अभिनेत्री प्रियंका चोपडाले अमेरिकी राष्ट्रपति तथा सरकारी अधिकारीसँग सहयोगका लागि आग्रह गरेकी छन् ।

प्रियंकाले मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै अमेरिकी सरकारसँग भारतलाई कोभिड- १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘मेरो दिल टुटेको छ । भारत कोरोनाको कारण पीडामा छ । अमेरिकाले ५५० मिलियनभन्दा बढी भ्याक्सिन माग गरेको छ । अहिले अमेरिकालाई यत्रो सङ्ख्यामा भ्याक्सिन आवश्यक छैन । के यो समय अमेरिकाले भारतलाई तत्कालका लागि भ्याक्सिन सहयोग गर्न सक्छ ?’

यस विषयलाई लिएर सञ्जाल प्रयोगकर्ताले उनको मजाक उडाएका छन् । उनले ढिलो अपील गरेको प्रयोगकर्ताको गुनासो छ ।

प्रतिक्रिया