भारतमा संक्रमितको संख्या १ करोड ७६ लाख नाघ्यो

काठमाडौँ । छिमेकी मुलुक भारतमा लगातार छैठौं दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार ४ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् । यद्यपि अघिल्लो दिनको तुलनामा यो कम हो ।

आइतबार भारतमा ३ लाख ५४ हजार ५३१ नयाँ संक्रमित थपिएका थिए । यो संख्या विश्वकै कुनैपनि देशमा आजसम्म एकैदिन थपिएका संक्रमितमा सबैभन्दा ठूलो संख्या हो ।

कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार भारतमा त्यहाँ संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६४ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ ।

भारतमा १ करोड ४५ लाख ४५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा १६ जनवरीदेखि खोप अभियान सुरु गरिएको थियो ।

प्रतिक्रिया