सेयर बजार ६५ अंकले घट्यो, कारोबार रकम साढे ६ अर्बमाथि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार ६५.५८ अंकले घटेको छ । आइतबार पनि सेयरबजार ७५.७९ अकंले घटेको थियो ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक २.५५ प्रतिशतले घटेर ४५२ .७९ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ११.२५ अकंले घटेर २५०६.६६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक म्युचुअल फण्ड व्यापार, जीवन बिमा, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत् र वित्त समूह , होटल्स तथा पर्यटन, विकास बैंकको बैंकिङ, इन्भेष्टमेन्ट, निर्जीवन बीमा, लघुवित्त,समूहको सबै परिसूचक घटेको छ ।

यस दिन २ सय २० कम्पनीका १ करोड २९ लाख ११ हजार कित्ता शेयर ६ अर्ब ५९ करोड ९ लाख २८ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

बिशाल बजार कम्पनी लिमिटेडले बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ ।

बिशाल बजार कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया