मुख्यमन्त्रीले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिएपछि अविश्वास प्रस्ताव ल्यायौं : प्रस्तावित मुख्यमन्त्री
२०७८ वैशाख १३ गते

|गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल|
काठमाडौं । गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चालेको असंवैधानिक कदमलाई साथ दिएका कारण आफूहरुले अविश्वासको प्रस्ताव ल्याएको बताएका छन् ।
सोमवारबाट शुरु भएको प्रदेश सभाको विशेष संसद् अधिवेशनको बैठकमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । ‘हाम्रो मुख्यमन्त्रीको कदम त्यतिबेला छर्लङ्ग भयो, जतिबेला पूर्वनिर्धारित समयभन्दा अगाडि नै संसद्को हिउँदे अधिवेशनको अन्त्य गर्नुभयो । यही रोस्टमबाट उहाँले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिनुभयो । यही कारणले पनि हामीले अविश्वास प्रस्ताव ल्याएका हौं ।’
२०७८ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित








