प्रभु बैंकको नाफा ४४ प्रतिशतले वृद्धि, ९ महिनामा २ अर्ब ११ करोड नाफा

काठमाडौं । प्रभु बैंकले खुद नाफा ४४.०८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म ९ महिनामा कम्पनीको नाफा २ अर्ब १० करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आर्थि वर्षको ९ महिनामा कम्पनीले १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप २७.२२ प्रतिशतले बढेर १ अर्ब ६३ अर्ब ७८ करोड र कर्जा प्रवाह ३५.१२ प्रतिशतले बढेर १ अर्ब ३४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.४८ प्रतिशत मात्र रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीको खुद व्याज आम्दानी ६.६० प्रतिशतले बढेर ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

चालू आमा बैंकको बेसरेट ७.०६ प्रतिशत, स्प्रेड रेट ३.५० प्रतिशत, प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७९ पैसा, प्रतिशेयर मूल्य ४ रुपैयाँ ६५ पैसा रहेको उल्लेख छ ।

प्रतिक्रिया