विद्यालय बन्द नगर्ने ११ प्रिन्सिपल पक्राउ, संक्रामक रोग ऐनअनुसार कारबाही हुने

काठमाडौं । सरकारले गरेको निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन गर्ने ११ जना प्रिन्सिपल पक्राउ परेका छन् । सप्तरी राजविराजस्थित ११ वटा विद्यालयका प्रिन्सिपललाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले मकालु खबरलाई जानकारी दिए । ‘उहाँहरुलाई हामीले पटक पटक भन्दा पनि मान्नुभएन,’ प्रजिअ पोखरेलले भने– ‘त्यसपछि यस्तो खाले कदम चाल्न बाध्य भएका हौँ । सरकारको निर्णयको अवज्ञा गरेपछि यस्तो गर्नैपर्ने भयो ।’

नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रजिअ पोखरेलले बताए । ‘निर्णयको अवज्ञा गरेपछि ऐनअनुसार कारबाही हुन्छ,’ प्रजिअ पोखरेलले भनेका छन् ।

सरकारले गत सोमवार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश गरेको थियो । त्यसविपरीत यहाँका केही विद्यालय खोलिएको थियो ।

प्रतिक्रिया